पूर्व शिक्षा मन्त्री यादवसहित परिवारका चार जना कोरोना पोजेटिभ

राजविराज, २६ असोज । जनता समााजवादी पार्टीका केन्द्रिय नेता एवम् प्रतिनिधि सभा सदस्य रेणु यादवसहित परिवारका चार जनामा सोमवार कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

सांसद यादवका साथै बुहारी रिया र सवारी चालकको स्वाब रिपोर्ट पोजेटिभ आएको हो । आइतवार पूर्व शिक्षा मन्त्री समेत रहेकी सांसद यादवका छोरा प्रदेश सांसद अभिशेक यादवलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रदेश सभा सदस्य यादवको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि शंका लागेर परिवारका सम्पूर्ण सदस्यको आइतवार स्वाब दिईएको थियो । प्रदेश सांसद अभिशेकका तीन वर्षिय छोरा र भान्सामा काम गर्ने युवकको स्वाब रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले पुष्टि गरेको छ ।

पूर्वमन्त्री यादवको रिपोर्ट पोजेटिभ आए पनि हालसम्म कारोनाको कुनै लक्षण नदेखिएको छोरा प्रदेश सांसद अभिशेकले जानकारी दिएका छन् । अभिशेकमा सामान्य लक्षण देखिएको थियो भने पत्नीमा समेत सामान्य जरो र रुघाखोकी देखिएको थियो । हाल सबैजना होम आइसोलेसनमै रहेका छन् । उनीहरु सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस