सामाजिक अभियन्ता सरोजलाई सप्तरीमा स्वागत तथा अभिनन्दन

राजविराज, २६ असोज । एक महिलालाई न्याय दिलाउनकालागि सप्तरी आईपुगेका सामाजिक अभियन्ता सरोज रायलाई सोमवार स्वागत तथा अभिनन्दन गरिएको छ ।

समाजसेवामा अनवरत संघर्ष रहँदैआएका उनलाई विद्यापति सामाजिक विकास केन्द्र र मधेश लाइभ अनलाइनले स्वागत तथा अभिनन्दन गरेको हो । मधेश लाइभ अनलाइनका सम्पादक र विद्यापति सामाजिक विकास केन्द्रका अध्यक्ष धर्मनाथ यादवले उनलाई अभिनन्दन गर्दै आगामी दिनमा थप सशक्त भूमिकाकालागि शुभकामना दिएका छन् ।

राजविराज स्थित मधेश लाइभको कार्यालयमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, मधेश लाइभका कार्यकारी सम्पादक विद्यानन्द राम, महिला अधिकारकर्मी सुनिता साह लगायतको उपस्थिति थियो । सामाजिक अभियन्ता रायले विदेशमा बेचिएकी महिलाहरुको उद्धार, वैदेशिक रोजगारीका क्रममा अन्यायमा परेकाहरुको पैरवी, हराएका व्यक्तिहरुको खोजी गरी परिवारजनसँग पुनरमिलन, विपद्को अवस्थामा रहेकाहरुलाई उद्धार तथा सहयोगसहित विभेद एवम् सामाजिक कुरिती विरुद्धको आन्दोलनमा सक्रिय छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780