खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

सुनसरी, २७ असोज । सुनसरीको धरान–१५ बिशालचोकका ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमवार राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनीमाथि चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका रोक्का उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ

Author:



क्याटोगरी छान्‍नुहोस