आज फेरि घट्यो सुनको मुल्य (यसरी हुँदैछ कारोबार)

जनकपुरधाम । आज फेरि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन ५०० रूपैयाँले घटेको हो ।

छापावाल सुन प्रति तोला ९५ हजार १०० रुपैयाँ पुगेको छ भने तेजावी सुन तोलामा ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कायम भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस