कोरोना संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा कति छन् संक्रमित?

राजविराज । भारतमा काेराेना संक्रमितकाे संख्या ७३ लाख ७० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६३ हजार ३७१ कोरोना संक्रमित थपिएको भारतमा कुल संक्रमितको संख्या ७३ लाख ७० हजार ४६८ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेकाे भारतमा पछिल्लो २४ घण्टामा ८९५ संक्रमितको मृत्यु भएको छ ।

याेसहित भारतमा काेराेनाबाट मृत्यु हुनेको संख्या १ लाख १२ हजार १६१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस