बडादशैँ आजबाट सुरु

राजविराज । आश्विन शुक्लपक्षको प्रतिपदा तिथि अर्थात् हिन्दूहरुको महान पर्व बडादशैंको पहिलो दिन ।

पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजया दशमी मनाउने शास्त्रीय विधान छ ।

हिन्दू नेपालीहरुको महान चाड विजयदशमी (बडा दशैं)को पहिलो दिन घरघरमा जमरा राखिन्छ ।

शुद्ध माटो तथा गोवरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूरा आराधना गरिन्छ ।

दशौं दिन प्रसाद स्वरुप लगाइने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने कुरा देवी भागवतमा बताइएको छ ।

आश्विन शुक्लपक्षको प्रतिपदा तिथि अर्थात् आजकै दिनदेखि नवरात्र प्रारम्भ हुन्छ । यो नवरात्रको व्रतलाई महासिद्धि प्रदायक, अत्यन्त दुर्लभ पुण्यदायक, सम्पूर्ण शत्रुहरूलाई विनाश गर्ने र सम्पूर्ण प्राणीहरूको उपकार गर्ने उत्कृष्ट व्रतका रुपमा लिइन्छ ।

घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याएर जमरा राखिन्छ ।

जमरा राख्नु पहिले पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन पनि छ । यस वर्ष घटस्थापनाको साइत शनिवार बिहान ११ बजेर ४६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780