सिरहाका शक्तिपीठ र मन्दिर क्षेत्रमा पनि निषेधाज्ञा

राजविराज, ३० असोज । जिल्ला प्रशासन कार्यालय सिरहाले नेपालीहरुको महान चाड वडादशैंमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा हुने भिडभाडका कारण कोरोना संक्रमण फैलिनसक्ने भन्दै शक्तिपीठ तथा मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

कारोना संक्रमण फैलिदो जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न कार्यालयले शुक्रवार एक सुचना जारी गर्दै जिल्लाका सबै शक्तिपीठ तथा मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

नित्य पुजापाठबाहेक दर्शनकालागि सर्वसाधारणको भिडभाड नहुनदिन ओसज १ (घटस्थापना) गतेदेखि ९ (नवमी) गतेसम्म उक्त क्षेत्र घोषणा गरिएको छ । यसअघि सप्तरीका शक्तिपीठ र मन्दिर क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस