शिक्षकमाथि कुटपिट घटनाः शिक्षक महासंघद्वारा भत्र्सना

राजविराज, ३० असोज । नेपाल शिक्षक महासंघ सप्तरीले विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियामा भएको घटनालाई भत्र्सना गरेको छ ।

महासंघले शुक्रवार विज्ञप्ति जारी गर्दै विद्यालयका निमित्त प्रअ र शिक्षकहरुमाथि कुटपिट तथा गाली गलोज गर्नेलाई कडा कारवाहीको माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, निप्रअ भुपेन्द्र साह र शिक्षकहरुलाई त्यस विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चितरन्जन यादव, र सदस्य संजिव कुमार यादवले अनायास विद्यालयमा पुगेर गाली गलौज र कुटपिट समेत गरेकोले उक्त निन्दनिय कार्यको महासंघ सप्तरीले घोर भत्र्सना गर्दै दोषीहरुलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाहीकोलागि जोडदार माग गर्दछ।’

महासंघले प्रमुख जिल्ला अधिकारी, विष्णुपुर गाउँपालिकाका अध्यक्षलाई समेत घटनाबारे ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरेको छ ।

छात्रवृति विवादमा मावि खुरहुरियाका प्रअ तथा शिक्षकमाथि हातपात

Author:



क्याटोगरी छान्‍नुहोस