सप्तरीका शक्तिपीठ र मन्दिर परिसरलाई निषेधित क्षेत्र घोषणा (सूचना हेर्नुहोस्)

राजविराज, ३० असोज । चाडपर्वको बेला हुने भिडभाडले कोरोना संक्रमण थप फैलिनसक्ने भन्दै सप्तरीस्थित शक्तिपीठ र मन्दिर परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय सप्तरीले सूचना जारी गर्दै आज (शुक्रवार) राति ११ बजेदेखि लागु हुने गरी सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

निषेधाज्ञाको अवधिमा शक्तिपीठ र मन्दिरमा शक्तिपीठ र मन्दिरकै तर्फबाट गरिने नित्य पूजापाठबाहेकका अन्य सम्पूर्ण कार्य–गतिविधि हुन गर्न निषेध गरिएको कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिए ।

उनका अनुसार मंसिर ७ गते राति साढे ११ बजेसम्मकालागि सो स्थानहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सूचनामा कोभिड–१९ संक्रमणलाई दृष्टिगत गरी भिडभाड नगरी, सुरक्षित साथ आ–आफ्नो घरमा आफ्नो परम्परा अनुसार आगामी चाडपर्वहरु मनाउन जिल्लावासीसँग अनुरोध गरिएको छ ।

सूचना हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस