पछिल्लो २४ घण्टामा थपियो ४ हजार ३९२ संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । कुल ८८ हजार ४० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३६ हजार जना रहेका छन । होम आइसोलन २५ हजार ४६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ५३१ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले १२ लाख ५४ हजार ९६७ जनाको पिसिआर परीक्षण गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस