img img img

हिन्दु स्वयंसेवक संघद्वारा ध्वज पूजन उत्सवको आयोजना

उमेश कुमार साह
बोदे बरसाईन, ३० असोज । हिन्दु स्वयंसेवक संघ नेपालले सप्तरीको बोदे बरसाईन नगरपालिका–५ मा ध्वज पूजन उत्सव मनाएको छ । समाजसेवि एवम् जनता समाजवादी पार्टीका नेता अनिरुद्धकुमार सिंह यादवको अध्यक्षता तथा संघका सप्तरी अध्यक्ष भोगेन्द्र झाको प्रमुख आतिथ्यमा ध्वज पूजन उत्सव मनाइएको हो ।

कार्यक्रममा बोदे बरसाई नगरपालिकाका मेयर आतेशकुमार सिंह, जनजाति आदीवासी संघ नेपालका प्रेम थुलुङ्ग, राष्ट्रिय श्रमिक संघका अध्यक्ष हिरालाल यादव, गौ रक्षा नेपालका प्रमुख मुरली मनोहर चौधरी, कार्यबाध सगरमाथा विभागका लोकेन्द्र झा र सम्र्पक प्रमुख शैलेन्द्र झा, अमित कुमार साह, रामकिसुन साह, जंग बहादुर सिंह लगायतको उपस्थिती थियो ।

Author:

क्याटोगरी छान्‍नुहोस