जनता समाजवादी पार्टीका नेता बृषेशचन्द्र कोरोना पोजेटिभ

राजविराज, ०२ कार्तिक । जनता समाजवादी पार्टीका प्रभावशाली नेता बृषेशचन्द्र लाल कोरोना सङ्क्रमित भएका छन् ।

राष्ट्रिय सभाका पूर्व सदस्य समेत रहेका उनले आइतवार सामाजिक सञ्जाल मार्फत आफु कोरोना पोजेटिभ भएको भनी पुष्टि गरेका हुन् । शुरुमा ज्वरो आएको पछि उच्च ज्वरो आई कम नभएपछि मेडिसिटी अस्पतालमा कोरोना परीक्षणकालागि स्वाब दिँदा रिपोर्ट पोजेटिभ आएको जनकपुरधाम निवासी नेता बृशेषले जनाएका छन् ।

आफु गत असोज २३ गते राजविराजबाट फर्केपछि ज्वरो आएको जानकारी दिँदै उनले स्वास–प्रस्वासमा सामान्य समस्या देखिएपछि आफन्तजनको सहयोगमा काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा शनिवार राती भर्ना भएको सामाजिक सञ्जालमा लेखेका छन् । हालसम्म आफु ठिक रहेको भन्दै आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सतर्क रहन तथा घरेलु उपायहरु अपनाउन समेत नेता बृषेशले आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस