छिन्नमस्ता गाउँपालिकामा युवाहरुद्वारा बेथिति विरुद्ध भण्डाफोर अभियान

राजविराज, ०२ कार्तिक । गाउँपालिकामा भईरहेको बेथितिहरुलाई उजागर गर्दै सामाजिक रुपान्तरण गर्ने उद्देश्यकासाथ छिन्नमस्ता गाँउपालिका स्थित भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच युवाहरुले अभियान थालेका छन् ।

विगतका वर्षहरुमा गाउँपालिकामा भएको अनियमितता, खर्च गर्ने नसक्ने परिपाटी, कर्मचारीहरुको पद पुर्ती तथा करारका कर्मचारीहरुको हालीमुहाली, आफनो भवन बनाउन नसकेको, समायमा गाउँसभा गर्न नसकेको, विकास निर्माण कार्यहरु गर्ने नसकेको, जिन्सी सामानहरु हिनामिना भएको, कार्यालय व्यवस्थापन गर्न नसकेको, जातिगत नाराले मतभेद उत्पन्न भएको कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् ।

यसैगरी अध्यक्ष र उपाध्यक्षको गैर जिम्मेवारीपन एवम् वडा अध्यक्षहरुको मनोमानी, गाँउ भेला नगरी अहिलेसम्म गर्दै आएको असारे विकासको उपलब्धि शून्य रहेको तथा प्रतिपक्षी दल समेत आफ्नो जिम्मेवारी बहन गर्न नसकेको अवस्थामा सामाजिक रुपान्तरमा युवाहरुको महाअभियानले छिन्नमस्ता गाँउपालिकाको हरेक क्षेत्रमा विकासको गतिलिने कुरा अभियानका संयोजक कृष्ण कुमार मण्डलले जानकारी दिए ।

आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी, आयुृर्वेद, भेटेरिनरी, पोषण, सरसफाई, विकास पुर्वाधार, सडक, विद्युत, खानेपानी, सीपमुलक कार्यक्रमहरुका साथै विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमका साथै गाउँगाउँमा भण्डाफोर तथा जनचेतामुलक कार्यक्रहरु सञ्चालन गरिने उनले बताए ।

अभियानका संयोजक मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा कपिलदेव मुखिया, उदय मण्डल, कुलदिप साह, योगेन्द्र यादव, प्रदिप मण्डल, रघुन्दन यादव, मुस्ताक आलम, धर्मदेव यादव, ऋषिकेश ठाकुर, चन्द्रजित साह, उमेश मण्डल, मिथलेश सुतिहार, सन्तोष साह, देवकान्त मण्डल, उमेश साह, संजिव शर्मा, गुञ्जेश्वर चौधरी, जयप्रकाश मण्डल लगायत तीन दर्जन भन्दा बढी युवाहरुले शुभकाना मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस