कोभिड–१९ को जोखिम नियन्त्रण गर्न मोरङ्गमा निषेधाज्ञा (सूचनासहित)

विराटनगर, २ कार्तिक । कोभिड–१९ को जोखिम नियन्त्रण गर्न मोरङ्गमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतवार सूचना जारी गर्दै सोमवारदेखि लागु हुने जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कौशहरि निरौलद्वारा सूचनामा कार्तिक १५ गते राति १२ बजेसम्मकालागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

‘जिल्लाभरिका सवै मठ मन्दिर, शक्तिपीठहरु, पण्डाल, मस्जिद, गुम्वा, चर्चहरुमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थनाबाहेक सामूहिक रुपमा भेला जमा भई पूजा, प्रार्थना, भजन, किर्तन, रथयात्रा, कलश यात्रा, बली पूजा, मुर्ति विसर्जन आदी जास्ता कार्यहरु नगर्ने, नगराउने’ सूचनामा भनिएको छ, ‘निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने, गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।’

जिल्लाभरि नै साँझ ८ बजेदेखि विहान ५ बजेसम्म (राजमार्गमा चल्ने लामो दुरीकाबाहेक) आवतजावत नगर्ने पनि सूचनामा भनिएको छ ।

सूचना हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस