मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बन्धी विधेयक सर्वसम्मत पारित

जनकपुरधाम, ०२ असोज । प्रदेश नम्वरको प्रदेश सभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बन्धी विधेयक आइतवार सर्वसम्मतले पारित गरेको छ ।

हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई उक्त प्रतिष्ठान अन्तर्गत नै राखेर विकास गरिने जनाईएको छ । धरानको बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै अवधारणामा प्रदेश सरकारले मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जनकपुरधामको गठन गरेको छ ।

प्रदेश २ का सामाजिक विकाश मन्त्री नवल किशोर साहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बन्धी विधेयक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा सम्पूर्ण सांसदहरुले सहमति जनाएपछि प्रदेश २ का सभामुख सरोज कुमार यादव विधेयक पास भएको घोषणा गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस