पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३७ कोरोना संक्रमित थपिदा ११२ डिस्चार्ज

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८८४ पुगेकोे छ ।

आइतवार सप्तरीमा १३, बारामा ७, पर्सामा ५, महोतरी र रौतहटमा २–२, धनुषा र सिरहामा १–१ तथा अन्य २ जनामा कोरोना संक्रमण पुष्टि छ । यसैगरी, पछिल्लो २४ घण्टामा ११२ जना कोरोनामुक्त भएका छन् ।

योसँगै प्रदेशमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १२ हजार ९०६ जना पुगेको छ । हाल प्रदेशमा १ हजार ८१७ जना सक्रिय संक्रमित छन् । यसैगरी प्रदेशमा संक्रमणबाट थप १ जनाको मृत्यु भएको निमित्त निर्देशक झाले बताए ।

उनका अनुसार सर्लाहीको बरहथवा नगरपालिका–५ का ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६१ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस