पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण

जनकपुरधाम, ४ कातिक । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार सोही अवधिमा २ हजार १०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमा हालसम्म कुल ९६ हजार ६०९ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख १४ हजार ७७९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस