पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ८ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

सोमवार १८ जनाको मृत्यु भएको थियो भने आइतवार १२ जनाको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस