सावधानीपूर्वक विजयादशमी मनाउन नायिका केकीको आग्रह

चर्चित नायिका केकी अधिकारीले यो वर्षको विजयादशमी सावधानीपूर्वक मनाउन आग्रह गरेकी छिन् ।
यशोदा फूड्सको तर्फबाट सम्पूर्ण दर्शक एवम् नेपाली जनतालाई शुभकामना दिँदै यो वर्ष जटिल अवस्था रहेकोले सुरक्षित तरिकाले चाडपर्व मनाउन उनले आग्रह गरेकी छिन् । सावधानी अपनाएर सुरक्षित रहे अर्को वर्षको विजयादशमी धुमधामकाकासाथ मनाउन सकिने नायिका केकी अधिकारीले आफ्नो आधिकारिक पेजमा एक भिडियो सार्वजनिक गर्दै बताएकी हुन् ।

यसैगरी उनले आइतवार नवमीको अवसरमा फेसबुक पेजमा भक्तिभावयुक्त तीन ओटा तस्विर समेत सार्वजनिक गरेकी छिन् । अभिनय कलामा निपूण रहेकी उनी पछिल्लो समयमा सामाजिक विषयवस्तु उठान गरिएका चलचित्रहरुमा बेजोड भूमिका निभाएकी छिन् । भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरिसकेकी छिन् । उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन् । उनले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् ।

उनले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेसमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन् । थिएटरमा पनि आफुलाई मजबुत पार्न केकीले सत्यमोहन जोशीद्वारा लिखित ऐतिहासिक नाटक चारूमतिमा अभिनय गरेकी छिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस