पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८५६ जनामा कोरोना संक्रमण, ३ हजार ३३६ डिस्चार्ज

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार थपिएका संक्रमितसँगै देशभर संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३ हजार ३३६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै देशभर हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३३४ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस