प्रधानमन्त्री ओली र भारतीय सेना अध्यक्ष नरवणे बिच भेंटवार्ता

 

काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेना अध्यक्ष मनोज मुकन्द नरवणे बिच शुक्रवार भेंटवार्ता भएको छ ।

भेंटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाल भारत बिच देखिएको असन्तुष्टिलाई वार्ता सम्वाद मार्फत समाधान हुनुपर्नेमा जोड दिएका छन् । दुई बिच सदियौंदेखि असल मित्रको सम्बन्ध रहँदैआएको चर्चा गर्दै आगामी दिनमा यसलाई थप दिगो बनाउनुपर्ने उनले बताए । विगतलाई समिक्षा गर्दै वर्तमान देखिएका आपसी असमझदारी चाडै समाधान हुने विश्वास समेत प्रधानमन्त्री ओलीले व्यक्त गरेको सञ्चारमाध्यमहरुसँग कुराकानी गर्दै नीजि सचिवालय सदस्य रामशरण बजगाइँले जानकारी दिएका छन् ।

नेपाल आएका भारतीय सेना अध्यक्ष नरवणेलाई विहीबार सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको छ । नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेना अध्यक्ष हुन् । सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने परम्परा रहँदैआएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस