तिहार नजिकिदै जाँदा सुनको मूल्य बढ्यो

 

राजविराज, २१ कार्तिक । तिहार आउनैलाग्दा सुनको मूल्यमा क्रमशः वृद्धि हुनथालेको छ ।

छापावाल सुनको मूल्य प्रति तौला ९६ हजार दुई सय रुपैयाँ रहेकोमा शुक्रवार एक हजार रुपैयाँ वृद्धि भएर ९७ हजार दुई सय पुगेको हो । छापावाल सुनको कारोबार ९७ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन विहीबार प्रतितोला रु ९६ हजार दुई सय रुपैयाँमा कारोवार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुन बिहीबार रु ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा समेत ४५ रुपैयाँ वृद्धि भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस