राजविराजको अस्पतालमा सीटी स्क्यान मेसिन जडान

 

राजविराज, २१ कार्तिक । सप्तरीको राजविराज नगरपालिका स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सीटी स्क्यान मेसिन जडान भएको छ ।

उपकरण तथा जनशक्ति अभाव खेप्दैआएको उक्त अस्पतालमा १२८ स्लाइस एनजिओग्राफिक सीटी स्क्यान मेसिन जडान गरिएको हो । अस्पतालमा जडान गरिएको सीटी स्क्यान मेसिन अति सुविधा सम्पन्न रहेको निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाले जानकारी दिए ।

उनका अनुसार सीटी स्क्यान मेसिन जडान भए पनि जनशक्ति व्यस्थापनमा दुई साता समय लाग्ने छ । अस्पतालमा सीटी स्क्यान चलाउने रेडियोग्राफरको दरबन्दी नरहेकोले अस्पतालमै उपलब्ध जनशक्तिलाई थप तालिम दिई दक्ष बनाएर सेवा सञ्चालन गरिने डा. झाले बताए ।
भवन अभाव रहेको अवस्थामा पुरानै भवनलाई व्यवस्थापन गरी मेसिन जडान गरिएको जानकारी दिँदै निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाले भने ‘दुई साताभित्रै सीटी स्क्यान सेवा सञ्चालनमा ल्याउँछौं ।’ औपचारिक रुपमा कार्यक्रम आयोजना गरि सेवा शुभारम्भ गरिने तयारी भईरहेको उनले जानकारी दिए ।

उप प्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या समेत रहेका सप्तरी क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवको कार्यकालमा गजेन्द्रनारायण सिंह अस्पताललाई सीटी स्क्यान मेसिन उपलब्ध गराउने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार करिब चार महिना अघि उक्त मेसिन अस्पतालमा ल्याईएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस