माटाका वर्तन बनाउने कुम्हारको आफ्नै पीडा

कमल कुमार मण्डल
राजविराज, २९ कार्तिक । चाडपर्वकालागि तराई मधेशका कुम्हारलाई माटाको वर्तन तयार पार्न तथा विक्री गर्न भ्याई नभ्याई भएको छ ।

पर्वमा प्रयोग हुने दीप, कुरवा, कौरना, ढकना, कलश ईत्यादी पूजाको वर्तन तयार गर्न र बजार तथा गाउँमा बिक्री गर्न चटारो परेको हो । पुख्र्यौली पेशालाई लोप हुनबाट जोगाउन निरन्तरता दिदैँ हामीले यो पेशामा लागेको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ११ सखुवाका राधेश्याम पण्डितले बताए । उनले भने ‘हामीले बनाएका सामग्रीहरुका लागी बाजार व्यवस्थापन नभएकाले मिहिनेतको हिसाबले आम्दानी हुन सकेको छैन् ।’

आफुहरुले बनाएका सामानहरुको भाउ समेत निश्चित हुन नसकेकोले उचित दाम पाउन पनि समस्या रहेको उनले बताए । आफुहरुबाट कम दाममा वर्तन खरीद गरेर राजविराजलगायतका बाजारहरुमा दोब्बर तेब्बर मूल्यमा विक्री बेच्ने गरेकोले बिचको व्यापारीले अत्यधिक फाइदा लिने गरेको उनको भनाई छ । घरघरमा सामान पुर्याउदाँ धेरै मरमोलाइ गर्दा झञ्झटिलो लाग्ने गरेको राधेश्यामको भनाई छ ।

माटाको भाडा वर्तन बनाउने पेशालाई सरकारले व्यवस्थित गर्नेतर्फ ध्यान नदिदा यूवा पुस्ताको लगाव घट्दै गएको उनले बताए । नयाँ प्रविधि अन्तर्गत चाकमा मोटर जडान गरेको चक्काबाट निर्माण गर्दा, अलि सहज भएको स्थानीय अर्का उमेश पण्डितको अनुभव छ ।

Author:



क्याटोगरी छान्‍नुहोस