भारतमा ८८ लाख १४ हजारबढी काेराेना संक्रमित

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । थप ४१ हजार ६५९ जनामा काेराेना पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख १४ हजार ९०२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ३ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप ४ सय बढीको मृत्यु भएको छ ।

याेसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ । थप ४४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु ज्यान हुनेको संख्या १ लाख २९ हजार ६७४ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस