घुर सल्केर आगलागी, एक युवक घाइते

राजविराज, ३० कार्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ विसनपुरमा गए राति आगलागी हुँदा एक युवक जलेर घाइते भएका छन् । अरुणकुमार मण्डलको गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी भएको हो ।

मध्ये राति आगलागी हुँदा घरमा सुतिरहेका ४२ वर्षीय मण्डलको पिठ्यु र दाहिने हात जलेको छ । जलेर घाइते मण्डलको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । सो आगलगाीमा परि गोठ पूर्ण रुपमा जलेको छ भने गोठमा रहेका दुधालु गाई र बाछा, बाख्रा र २ थान खसी जलेर घाइते भएका छन् ।

आगलागीमा ४ लाखभन्दा बढी रुपैयाँ बराबरको क्षति भएको मण्डलले बताए । आगलागी स्थानीयवासिन्दा र प्रहरीको सहयोगको नियन्त्रणमा आएको स्थानीयले जानकारी दिए ।

यो पनि :

केटाकेटीले पड्काएको पटाकाले आगलागी हुँदा सप्तरीमा १४ लाखको धनमाल जल्यो

Author:



क्याटोगरी छान्‍नुहोस