विहारको सातौं मुख्यमन्त्रीमा नितीशद्वारा सपथ ग्रहण

 

एजेन्सी । नीतीश कुमारले सोमवार साँझ भारत विहार राज्यको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् । याेसँगै उनी विहारकाेे सातौं मुख्ययमन्त्री बनेका हुन् ।

राजभवनमा राज्यपाल फागू चौहानले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री नीतीश कुमारसँगै १४ जना मन्त्रीहरुले समेत सपथ ग्रहण गरेका छन् । बीजेपी कोटाबाट ७, जेडीयू कोटाबाट ५ वीआईपीको कोटाबाट एक एक मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

उक्त अवसरमा गृह मन्त्री अमित शाह र बीजेपी अध्यक्ष जेपी नड्डा समेत उपस्थित थिए । सपथ ग्रहण समारोहलाई कांग्रेस र आरजेडीले वहिष्कार गरेका छन् ।

नीतीश कुमारसँगै राज्यपाल फागू चौहानले तारकिशोर प्रसाद र रेणु देवीलाई उपमुख्यमन्त्री पदको सपथ ग्रहण गराएका छन् । बीजेपी नेता तारकिशोर प्रसाद कटिहारबाट विधायक चुनिएका छन् भने रेणु देवी बेतिया विधानसभा सीटबाट निर्वार्चित भएकी छिन् । तस्विर सौजन्यः एएनआइ

Author:



क्याटोगरी छान्‍नुहोस