आज १६१४ कोरोना संक्रमित थपिए, १४२७ जना डिस्चार्ज

जनकपुरधाम, ११ मंसिर । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहिवार अद्यावधिक तथ्यांकअनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

सोही अवधिमा १ हजार ४२७ जना कोरोना संक्रमण निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४१२ पुगेको तथ्यांकले जनाएको छ ।

यसअघि बुधवार १ हजार ९४८ कोरोना संक्रमित थपिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस