‘थारु भाषालाई मानक भाषा बनाउने सवालमा थारु समूदायलाई एकजुट भएर अघि बढनुपर्छ’

प्रियासिंह थारु
राजविराज, ११ मंसिर । सप्तरीमा विहिवार आयोजित एक कार्यक्रमका वक्ताहरुले थारु भाषा मानक भाषा बनाउने सवालमा देशभरका थारु समूदायलाई एकजुट भएर अघि बढनुपर्ने आवश्यकता औंल्याएका छन् ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मणिकर माध्यमिक विद्यालय प्रस्वनीमा आयोजित हरिबोधनी एकादशी र समाचकेवाको अवसरमा शुभकामना आदान प्रदान र थारु भाषा विषयक अन्तरक्रियाका वक्ताहरुले यस्तो आवश्यकता औंल्याएका हुन् ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका गाउँपालिका अध्यक्ष परशुराम चौधरीले सवै एकजुट भएसम्म थारु भाषालाई मानक भाषा समस्या रहेको बताए । ‘सवै मिलेर अघि बढ्यो भने अवश्यक पनि थारु भाषाले अबको जनगणनामा उचित स्थान पाउनेछ’ उनले भने–‘जसका लागि सवै थारु समूदायलाई आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’ उनले जसका लागि आफु हरेक तवरले सहयोग र साथ दिने प्रतिवद्धता जनाए ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्प्सका प्रध्यापक एवं थारु भाष विज्ञ महेश चौधरीले अबको जनगणनामा सवै थारु समूदायलाई थारु नै लेखाउन आग्रह गरे । ‘मेचीदेखि महाकालीसम्म थारुहरुको फरक फरक भाषा रहेकाले एउटै शब्दकोष बनाउने अभियानमा छु नै, त्यसैले भाषणले मात्रै परिवर्तन हुँदैन लिपीवद्ध गर्नु आवश्यक छ’ उनले भने–‘त्यसमा सवै थारु समूदायको साथ र सहयोग चाहिन्छ ।’

शिक्षक रामराजा प्रसाद सिंह अध्यक्षतामा थारु शिक्षक र यूवा समूहको आयोजना र वडा नम्वर ३ का अध्यक्ष अरुणकुमार चौधरीले प्रायोजन गरेको अन्तरक्रियाका वक्ताहरु भाषाविद् डा.कविरदास थारु, कृषि वैज्ञानिक देवकान्त चौधरी, थाकस सप्तरीका अध्यक्ष शिवनारायण चौधरी, थाकसका उपाध्यक्ष लक्ष्मी चौधरी, शिक्षक एवं समाजसेवि योगेन्द्रप्रसाद चौधरी, शिक्षक प्रमोद चौधरी, सञ्चारकर्मी प्रियासिंह थारु, कलाकार अञ्जनी सिंह, भगवत माध्यमिक विद्यालयका शिक्षक पन्नालाल चौधरी, नेपाल राष्ट्र शिक्षक संगठन सप्तरीका अध्यक्ष जयप्रकाश चौधरी, आदीवासी जनजातिका पूर्व अध्यक्ष रघु सिंह लगायतले थारु समूदाय र थारु भाषाको अवस्थाबारे चर्चा गरे ।

प्रविण चौधरीले उद्घोषण गरेको कार्यक्रममा स्वागत मनतव्य शिक्षिका द्रोपति चौधरीले गरिन् ।

पाँच जना सम्मानित

थारु भाषामा विषेश योग्दान पुर्याएवापत पाँच जनालाई सम्मानित गरिएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्प्सका प्रध्यापक एवं थारु भाष विज्ञ महेश चौधरी, डा.कविर दास चौधरी, माध्यमिक विद्यालय जण्डोलका प्रधानाध्यापक चन्द्रदेव चौधरी, माध्यमिक विद्यालय घुघदाहा श्यामकुमार चौधरी, महिकर माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र साह र माध्यविक विद्यालय रतबलाका हरिप्रसाद चौधरीलाई सम्मान गरिएको छ ।

थारु भाषा उत्थानको लागि समिती गठन

२०७८ जनगणनामा भाषाको महलमा थारु भाषा सम्वन्धमा चर्चा, थारु भाषा मानक भाषा कसरी बन्ने र थारुहरुको वर्तमान र भविष्यको अवस्थाबारे चर्चा गरिएको अन्तरक्रियाबाट गाउँपालिकाका शिक्षक र युवाहरु मिलेर थारु भाषा उत्थानको लागि समिती गठन गरिएको छ ।

हृदयनारायण चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु शिक्षक तथा यूवा समिती गठन गरिएको हो । समितीको सचिवमा विन्दीलाल चौधरी तथा सदस्यहरुमा प्रवीणकुमार चौधरी, कुसेश्वर चौधरी, कल्पना चौधरी, अनुराधा चौधरी, विष्णुदेव चौधरी, शुभाषकुमार चौधरी र श्यामकान्त चौधरीलाई चयन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस