भारतमा ४ लाख ५६ हजारबढी कोरोनाका सक्रिय संक्रमित

जनकपुरधाम, १२ मंसिर । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको छ । वल्र्डोमिटर्सको अद्यावधिक अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार १७४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९३ लाख ९ हजार ८७१ पुगेको छ ।

भारतमा हालसम्म ४ लाख ५६ हजार ४१० सक्रिय संक्रमित छन् । त्यसमध्ये ८ हजार ९४४ जनाको अवस्था जटिल छ । हालसम्म संक्रमणपछि ८७ लाख १७ हजार ७०९ जना निको भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ७५२ पुगेको छ ।

विश्वभर १ करोड ७४ लाखबढी सक्रिय संक्रमित

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १३ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २७७ बढी संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ करोड १३ लाख २ हजार ३७ पुगेको हो ।

संक्रमितमध्ये हालसम्म ४ करोड २३ लाख ९३ हजार १२३ निको भएका छन् । यसैगरी हालसम्म १ करोड ७४ लाख ७१ हजार २७९ सक्रिय संक्रमित छन् । त्यसमध्ये १ लाख ४ हजार ९०३ जनाको स्वास्थ्य अवस्था जटिल रहेको तथ्यांकमा छ ।

विश्वभर कोरोना संक्रमणबाट हालसम्म १४ लाख ३७ हजार ६३५ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस