विभिन्न विधामा काम गर्ने पाँच मैथिलीसेवी पुरस्कृत

राजविराज, १३ मङ्सिर । मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसर पारेर शनिवार मैथिली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनालाई पुरस्कृत गरिएको छ ।

मैथिली भवनमा आयोजित कार्यक्रममा शिवदत्त मिश्र स्मृति पुरस्कार नेपालका प्रसिद्ध इतिहासविद् एवम् लेखक प्रा.डा. पिताम्बरलाल यादवलाई प्रदान गरिएको छ । उनलाई सम्मान पत्र, दोसल्लासहित नगद ७ हजार ५ सय एक रुपैयाँ प्रमुख अतिथि पूर्व शिक्षामन्त्री एवम् सांसद यादवले सम्मान गरेको छ ।
यसैगरी विवेका लक्ष्मी मैथिली पत्रकारिता पुरस्कार प्रसिद्ध साहित्यकार समेत रहेका मिथिला साप्ताहिकका सम्पादक देवेन्द्र मिश्रलाई प्रदान गरिएको छ । पाँच हजार पाँच रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

यसैगरी शोभा देव स्मृति मैथिली पुरस्कारबाट मैथिली भाषाका प्रसिद्ध कवि पूनम ठाकुरलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी पाँच हजार पाँच रुपैयाँ रहेको छ । यस्तै विजयेन्द्र विनोद कला कला संस्कृति पुरस्कार प्रसिद्ध गायिका सुनिता साह र कञ्चन झालाई प्रदान गरिएको छ । सम्मानपत्र र दोसल्लासहित पुरस्कारको राशी एक हजार पाँच सय पाँच रुपैयाँ रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780