विश्वका भाषाहरुमध्ये मैथिली अत्यन्त समृद्धः पूर्व मन्त्री यादव

राजविराज, १३ मङ्सिर । पूर्व शिक्षा मन्त्री एवम् सांसद रेणु कुमारी यादवले मैथिली भाषा, संस्कृति र साहित्यको विशिष्ठ पहिचान रहेकोले संरक्षण सम्वद्र्धन गर्न व्यापक प्रचार प्रसार हुनुपर्नेमा जोड दिएका छन् ।

मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा शनिवार मैथिली भवनमा आयोजित श्रद्धाञ्जली सभा एवम् सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । परिषद्का आजिवन सदस्य समेत रहेकी प्रमुख अतिथि यादवले विश्वका मातृभाषाहरुमध्ये मैथिली अत्यन्त समृद्ध भाषा रहेको बताउँदै उनले भने ‘मैथिली भाषा, संस्कृति र साहित्यको विशिष्ठ पहिचान रहेकोले यसको संरक्षण सम्वद्र्धन एवम् व्यापक प्रचार प्रसार आवश्यक छ ।’

देशकै दोस्रो तथा प्रदेश २ को पहिलो भाषा मैथिलीको संरक्षण गर्न प्रदेश सरकारले समेत यथोचित सहयोग गर्ने प्रमुख अतिथि यादवले प्रतिवद्धता व्यक्त गरे । मैथिली भाषाको प्रचार प्रसार गर्न व्यापक प्रयोगमा ल्याउनुपर्नेमा जोड दिँदै उनले भने ‘आफ्नो मातृभाषाको संरक्षण गर्नु हामी सबैको दायित्व हो, यसको शुरुवात घरबाटै हुनुपर्दछ ।

कार्यक्रममा इतिहासविद् प्रा.डा. पिताम्बरलाल यादव, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षद्वय विवेकानन्द मिश्र, शुभचन्द्र झा, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, पूर्व प्राचार्य नथुनी दास, मैथिली महिला परिषद्का अध्यक्ष शान्ति झा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायणलाल दास, युवा नेता पार्थो सरकार, लेखक प्रा.डा. भोला झा लगायतले महाकवि विद्यापतिको व्यक्तित्व एवम् कृतित्वबारे चर्चा गरे । सोही कार्यक्रममा प्राध्यापक भोला झाद्वारा लिखित दादा कृष्णाराम मरौटी नाटकको पुस्तक समेत प्रमुख अतिथि यादवले विमोचन गरे ।

परिषद्का अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष श्यामसुन्दर यादव तथा सचिव अजय कुमार झाले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780