आज पनि १३८० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ५१५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780