घरमै लागुऔषध राखेर विक्री गर्ने मण्डल पक्राउ

राजविराज । घरमै प्रतिबन्धित लागुऔषध राखेर विक्री गर्ने सप्तरीका एक युवकलाई पक्राउ गरिएको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका–१० राजिव मण्डललाई शुक्रवार पक्राउ गरेको हो ।

मण्डलले विक्री गर्न रोखेको ५१ थान नाईट्रोसन ट्याब्लेट, ८३ थान नाईट्रोभेट ट्याब्लेट, ७५ थान स्पास्मो प्रोसिभन क्याप्सुल, १० बोतल डाईलेक्स डिसी र १२५ ग्राम गाँजा पनि प्रहरीले बरामद गरेको छ ।

उनीमाथि लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस