भारतमा ४१ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

जनकपुरधाम, १३ मंसिर । भारतमा पछिल्लो २४ घण्टामा थप ४१ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ९३ लाख ५१ हजार २२४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८७ लाख ५९ हजार ९६९ जना निको भएका छन् । हाल ४ लाख ५५ हजार १७ सक्रिय संक्रमित छन् । त्यसमध्ये ८ हजार ९४४ जनाको अवस्था जटिल छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २३८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस