सर्वोच्चको अन्तरिम आदेशपछि रुपनी गाउँपालिकाका वडा अध्यक्ष यादव पुर्नवहाली

राजविराज, १२ मंसिर । सर्वोच्च अदालतले अन्तरिम आदेश गरेपछि सप्तरीको रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवलाई कामकाज गर्न बाटो खुलेको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय उदयपुरमा सव–इन्जिनियर पदमा कार्यरत रहेका यादवलाई २०७४ साल भदौतिर विशेष अदालतले भ्रष्टचार सम्बन्धी मुद्दामा दोषी ठहर गरेको थियो । त्यसपछि वडा पदमा निर्वाचित भएका यादवमाथि स्थानीयले उच्च अदालत जनकपुर राजविराज ईजलासमा उत्प्रेसन सम्वन्धी मुद्दा दायर गरेपछि अदालतबाट वडा अध्यक्ष पदमा निलम्वित गर्ने गरी आदेश जारी भएको थियो ।

उच्च अदालतबाट २०७५ मंसिर २१ गते भएको सो आदेशमा पुर्नर विचारकालागि यादवले सर्वोच्च अदालतमा गरेको निवेदनमा अदालतबाट गत आइतवार अन्तरिम आदेश जारी भएको हो ।

उच्च अदालतको मुद्दा दोहरियाई पाँउ भनी गरिएको निवेदनमा सर्वोच्चले भ्रष्टाचारी सम्बन्धी मुद्दा कारवाहीको क्रममा रहेको भन्दै भ्रष्टाचार मुद्दा समेतमा ठहरे बमोजिम कारवाही हुने नै हुँदा हाल यादवलाई वडा अध्यक्षको रुपमा कामकाजमा रोक नगर्न नगराउन भनी गाँउपालिकाको नाउँमा आदेश जारी गरेपछि यादवलाई कामकाज गर्न बाटो खुलेको छ ।

आदेशको आदेशपछि आज (शुक्रवार) रुपनी गाँउपालिकामा आयोजित एक कार्यक्रमकाबीच यादवलाई आजबाटै कामकाज गर्ने गरी पुर्नवहाली गरिएको गाउँपालिका हरेराम यादवले जानकारी दिए ।

गाउँपालिका अध्ययक्ष यादवकै अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच राजविराज नगरपालिकाका अध्यक्ष शम्भुप्रसाद यायदव, जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य दिनेश कुमार यादव, नेपाल कम्युनिष्ट पार्टीका नेता दुर्गान्द ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव लागायतले शुभकामना तथा बधाई दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस