पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

जनकपुरधाम, १२ मंसिर । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रवार अद्यावधिक तथ्यांकअनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

सोही अवधिमा १ हजार २३६ जना कोरोना संक्रमण निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २३७ छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४३५ पुगेको तथ्यांकले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस