लागुऔषधसहित उदयपुरबाट सप्तरीका एक युवक पक्राउ

राजविराज, १२ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका–१३ जोगीपोखरीबाट लागुऔषधसहित सप्तरीका एक युवक पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका–५ का १९ बर्षीय प्रदिप देउजालाई पक्राउ गरेको हो ।

देउजाको साथबाट १९ वटा नाईटोजेपाम ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । देउजामाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस