जुवा खेलिरहेका ७ जना ३ लाख २५ हजार रुपैयाँसहित पक्राउ

विराटनगर, १२ मंसिर । मोरङ प्रहरीले जुवा तास खेलिरहेका ७ जनालाई ३ लाख २५ हजार १५५ रुपैयाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका–९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका–८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका–३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका–५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् ।

उर्लावारी नगरपालिका–९ स्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । सातै जनामाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780