मोरङ र झापामा सडक दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाए

विराटनगर, १४ मंसिर । मोरङ र झापाका तीन स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । गए राति मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक सुन्दरहरैचा नगरपालिका–५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । यसैगरी उर्लावारी नगरपालिका–८ स्थित मे४प ९२८५ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना छ ।

दुर्घटनामा मोटरसाईकल चालक सोही ठाउँका ३० बर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाईकल पछाडी सवार रहेका तेह्रथुम म्याङलुङ–९ का ४५ बर्षीय श्याम तामाङ घाइते भएका थिए । दुवै जनाको अरनिको अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा श्यामको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

उता, झापाको अर्जुनधारा नगरपालिका–८ स्थित को १ क १५८७ नम्बरको जेसीबीले प्रदेश १–०१–०१२
प ७१५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसालक चालक अर्जुनधारा नगरपालिका–५ का ३२ बर्षीय दिपक कुमार बुढाथोकी घाइते भएका थिए ।

उपचारको क्रममा गए बिर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस