ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर, १४ मंसिर । झापाको भद्रपुर–४ नरसिंह बगानस्थितबाट लागुऔषध खैरो हिरोईन (ब्राउनसुगर)सहित आज दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्य गलगलिया–४ का १९ बर्षीय मोहम्मद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन । बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५ ग्राम खैरोहिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवैमाथि थप अनुसन्धान भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस