नेपालमा थपिए १२५५ कोरोना संक्रमित, २५ जनाको मृत्यु

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकअनुसार आइतवार १ हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस