पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै महासंघद्वारा भर्त्सना

राजविराज, १४ मंसिर । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रादेशिक समिति सदस्य एवं प्रतिक दैनिकका सम्वाददाता शैलेन्द्र झालाई कृषि ज्ञान केन्द्र गौरका निमित प्रमुख रविन्द्र कुमार श्रीवास्तवले अभद्र व्यवहार गरेको भन्दै महासंघले घोर पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै महासंघद्वारा भर्त्सना गरेको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्वर २ प्रादेशिक समितिका महासचिव किरण कुमार कर्णले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार दुव्र्यवहारको पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै महासंघद्वारा भर्त्सना गरेका हुन् । कृषि ज्ञान केन्द्र गौर रौतहटमा सूचनाको हक बमोजिम समाचार प्रयोजनका लागि विभिन्न शिर्षकमा लिखित निवेदन दिदाँ कार्तिक २४ गते सो कार्यालयका निमित्त प्रमुख रविन्द्र कुमार श्रीवास्तवले अभद्र व्यवहार गरेकोप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

सबैका लागि सूचनाको हक रहेतापनि पत्रकारलाई छिटो छरितो र आवश्यकता अनुसार सहज ढंगले सूचनासम्म पहुच हुनुपर्नेमा पत्रकारलाई समेत लिखित रुपमै सूचना माग्नुपर्ने बाध्यता सृजना हुनु विडम्बनाको विषय रहेको भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘लामो समय सूचना माग्दै निवेदन दर्ता गराउँदा पनि सूचना नपाउनु दुःखद हो, र पत्रकारले सूचना माग गरेकै कारण अभद्र तरिकाले दुव्र्यवहार खेप्नु निन्दनीय हो ।’

यस किसिमको घटना हुनु दुःखद रहे पनि हालसम्म जिल्ला प्रशासन कार्यालय रौतहटले कुनै पनि किसिमको छानविन तथा अनुसन्धान नगरेकोमा आफुहरुको ध्यानाकर्षण भएको भन्दै संवैधानिक व्यवस्थामा उल्लेख भए अनुसार सबैले सहज रुपमा जानकारी पाउनुपर्ने व्यवस्था रहे पनि सम्बन्धित कार्यालयले वास्ता नगर्नु भनेको अनियमितता भएको आशंका उब्जिनु स्वाभाविक भएको जनाईएको छ । यस प्रकारको घटनामा स्थानीय प्रशासन र सम्बन्धित निकायले समेत तत्काल सूचना उपलब्ध गराई सुशासन र पारदर्शीताकालागि जिम्मेवार तथा जवाफदेहीता दर्शाउन यसै विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस