उद्घाटन खेलमा छिन्नमस्ता वडा नम्वर १ विजयी

राजविराज, १४ मंसिर । सप्तरीको छिन्नमस्ता बरही बिरपुरमा आइतवारदेखि सञ्चालित वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्वर १ टिम विजयी भएको छ ।

स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय स्तरको क्रिकेट मैदान भन्ने मुल नाराका साथ छिन्नमस्ता स्पोर्ट्स क्लब छिन्नमस्ता १ बरही बिरपुरको आयोजना तथा छिन्नमस्ता गाउँपालिकाको सहयोगमा बरही थान पोखरी क्रीकेट मैदानमा सञ्चालित उद्घाटन खेलमा छिन्नमस्ता वडा नम्वर १ ले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा २१९ रनको योगफल तयार पारी छिन्नमस्ता वडा नम्वर ५ लाई २२० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसमा रमेश यादव ७०, छत्रनारायण राय ४४ र राजेश यादव ले ४० रनको योगदान गरेको थियो । त्यसैगरि बलिङतर्फ छिन्नमस्ता वडा नम्वर ५ का सञ्जय मेहता र अभिजित मेहताले समान २ विकेट, देबानन्द साह १ विकेट, नारायण मेहता १ विकेट, अंकित मिश्र १ विकेट लिन सफल भए ।

यसैगरि जवाफी ब्याटिङ्ग गर्दै छिन्नमस्ता वडा नम्वर ५ ले १३.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा अल आउट भए । त्यसमा नारायण मेहताले १४, सञ्जय मेहता ११ बाहेक अरु कसैले पनि दोहोरो अन्क जोड्न सफल भएन । यस्तै बलिङ्गतर्फ छत्रनारायण राय, रबेन यादव, सन्तोष यादव समान दुई दुई विकेट र सरि यादव , संजिव यादवले समान एक एक विकेट लिए ।

प्रतियोगिताको उद्घाटन छिन्नमस्ता गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष राय र छिन्नमस्ता वडा नम्वर १ का अध्यक्ष विनोद कुमार यादवले संयुक्त रुपमा गरे । उद्घाटन समारोहमाको अध्यक्षता छिन्नमस्ता स्पोर्ट्स क्लबका संरक्षक तिर्थ नारायण रायले गरे । कार्यक्रममा शुभकामना मन्तव्य छिन्नमस्ता १ का वडा सदस्य रन्जित साह, समाजसेवी ललन प्रसाद यादव लगायतले गरे ।

स्वागत मन्तव्य छिन्नमस्ता १ का वडा अध्यक्ष बिनोद कुमार यादवले गरे भने सञ्चालन छिन्नमस्ता स्पोर्ट्स क्लबका अध्यक्ष रवी रायले गरेका थिए । भोलिको दुई खेल वडा नम्वर ३ र वडा नम्वर ७ र वडा नम्वर २ र वडा नम्वर ५ बिच हुने आयोजक समितिका उपाध्यक्ष रमेश यादवले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस