छिन्नमस्ता गाउँपालिका वडा नम्वर ५ र ७ विजयी

राजविराज, १५ मंसिर । सप्तरीको बरही थान पोखरी क्रिकेट मैदानमा सञ्चालित छिन्नमस्ता वडा स्तरीय टी ट्वान्टी क्रीकेट प्रतियोगिताको अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा छिन्नमस्ता वडा नम्वर ५ र ७ विजयी भएको छ ।

छिन्नमस्ता स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय स्तरको क्रिकेट मैदान भन्ने मुल नाराकासाथ छिन्नमस्ता स्पोर्ट्स क्लब छिन्नमस्ता १ बरही बिरपुरको आयोजन तथा छिन्नमस्ता गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । पहिलो छिन्नमस्ता वडा नम्वर ३ र वडा नम्वर ७ बीच भएको खेलमा वडा नम्वर ३ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित १८ ओभरको खेलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ३९ रनमा अल आउट भएका थिए । जसमा मो. फारुखले ५९ रन, राहुल यादवले १४ र मो. कुरबानले १२ रनको योगदान गरेका थिए ।

यसैगरी बलिङतर्फ छिन्नमस्ता वडा न.७ का ओमप्रकाश यादवले ४ विकेट,अशोक यादवले ३ विकेट तथा अभिषेक यादव, पृतेश यादव, अजित यादवले समान एक एक विकेट लिए । जवाफी ब्याटिङ गर्न ओर्लेका छिन्नमस्ता वडा न.७ ले १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाउँदै लक्ष्य हासिल गरे । जसमा सुशील यादवले २८ बलको सामना गर्दै ५२रन,ओमप्रकाश यादवले २४ रन, पृतेश यादवले २४ रन जोडे ।

यता बलिङतर्फ छिन्नमस्ता वडा नम्वर ३ का अमित मण्डलले ३ विकेट, बिकास साह २ विकेट तथा मो. फारुख र दिलिप यादले समान एक एक विकेट लिए । उक्त खेलको म्यान अफ दी म्याच आक्रामक ब्याटिङ गरेका सुशील यादव घोषित भए ।

यसैगरि दोस्रो खेलमा छिन्नमस्ता वडा नम्वर २ र वडा नम्वर ५ बीच भएको खेलमा वडा नम्वर २ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित १८ ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनाए । जसमा राजु राउतले २७ रन, सन्तोष मण्डलले २७ र दिलिप मरीकले १४ रनको योगदान गरे । बलिङतर्फ छिन्नमस्ता वडा नम्वर ५ का पंकज मिश्राले ४ विकेट तथा नारायण मेहता, सञ्जय मेहताले समान एक एक विकेट लिए ।

जवाफी ब्याटिङ गर्न ओर्लेका छिन्नमस्ता वडा नम्वर ५ ले १६.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनाउदै लक्ष्य हासिल गरे । जसमा आदर्श मिश्राले ३२ बलको सामना गर्दै ४८ रन, पंकज मिश्राले ३९ रन, सञ्जय मेहताले १२ रन जोडे । यता बलिङतर्फ छिन्नमस्ता वडा नम्वर २ का मनोज मण्डलले २ विकेट तथा विकी मण्डल र भोला मण्डलले समान एक एक विकेट लिए । उक्त खेलको म्यान अफ दी म्याच छिन्नमस्ता वडा नम्वर ५ का आदर्श मिश्रा घोषित भए ।

Author:



क्याटोगरी छान्‍नुहोस