सामाचकेवा पर्वको अवसरमा जुटी प्रतियोगिता

राजविराज, १५ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ६ स्थित थारु सङ्ग्रहालयमा भवनमा सोमबार सामाचकेवा पर्वको अवसरमा जुटी प्रतियोगिता आयोजना गरियो ।

थारु सांस्कृतिक सङ्ग्रहालय एवम् थारु समुदाय होमस्टे परिवारको आयोजन तथा कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सौजन्यमा आयोजित उक्त प्रतियोगितामा पानावती चौधरी प्रथम, रिता चौधरी द्वितीय र भुली देवीले तृतीय स्थान प्राप्त गरेकी छिन् । विजयी प्रतियोगीहरुलाई पुरस्कार स्वरुप क्रमशः एक हजा पाँच सय, एक हजार र पाँच सय रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगिताको निर्णायकमा नन्दलाल माझी, देवनारायण चौधरी, नन्द कुमार कार्की, महेश थारु र कल्पना चौधरी रहेका थिए । कार्यक्रममा चन्द्रकिशोर चौधरी, पत्रकार प्रिया सिंह थारु, सन्तोष भगत, माधव चौधरी, नन्दलाल माझी, महेश चौधरी, शिवनारायण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस