ओमानमा पुनः रोजगारी खुल्ला, नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्ने

जनकपुरधाम, १६ मंसिर । रोजगारीका लागि ओमानले पुनः नेपाली श्रमिक लिने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना जारी गर्दै नयाँ श्रमिक लिने र मागपत्र प्रमाणीकरण पुनः थालिएको जनाएको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले योग्य कम्पनीहरूबाट आएको मागपत्र मात्र प्रमाणीकरण गरिने बताइन् । मागपत्र प्रमाणीकरण हुने भएपछि अब नेपालबाट नयाँ श्रमिकका लागि रोजगारी खुला भएको छ । यसअघि भिसा लगेर बसेका नेपाली श्रमिकहरु पनि अब प्रवेस पाउने छन् ।

यसैगरी कोरोना सम्बन्धी बनेको सर्वोच्च समितिले पर्यटक भिसा भएकाहरुलाई पनि मुलुकमा प्रवेश दिने निर्णय गरेको छ । त्यहाँ पुगिसकेपछि कोरोना सम्बन्धी नियमहरु भने पालना गर्नु पर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस