विरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा मण्डलको मृत्यु

राजविराज, १६ मंसिर । सप्तरीबाट विरामी बोकेर उपचारको लागि विराटनगर जादैँ गरेको एम्बुलेन्स सोमवार दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एम्बुलेन्समा सवार अन्य तीन जना घाईत भएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँबाट विरामी बोकेर विराटनगर जादैँ गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोकिदा दुर्घटना भएको हो ।

दुर्घटनामा लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । मृतक मण्डलका ३० वर्षीय छोरा जितेन्द्र मण्डल, ५० वर्षीय भाई रामसुन्दर मण्डल र ४५ वर्षीया पत्नी भोलिदेवी मण्डल घाइते छन् ।

उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ । एम्बुलेन्स र ट्रली चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस