तीन दिनभित्र कोरोना बीमाको भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन

जनकपुरधाम, १८ मंसिर । अर्थ मन्त्रालयले तीन दिनभित्र कोरोना बीमाको भुक्तानी उपलब्ध गराउन बीमा समितिलाई निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र एवं संस्थान समन्वय महाशाखाले विहिवार समितिलाई पत्र लेख्दै बीमा मापदण्ड प्रक्रिया पुरा भइसकेका दावीहरुमा ३ दिनभित्र भुक्तानी गरी दैनिक रुपमा जानकारी गराउन भनिएको छ ।

यसैगरी भेरिफिकेसन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन समेत अर्थ मन्त्रालयले भनेको हो ।

साथै भुक्तानी सम्वन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएको, कुन कुन कम्पनीमा कति संख्यामा दावी परेको विवरणहरु पेण्डिङ्ग रहेको, समाधानका लागि समितिबाट भइरहेको प्रयास र मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरुबारे विस्तृत विवरण मन्त्रालयमा पठाउन पनि भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780