बाल विवाह अन्त्यकालागि सामुहिक प्रतिवद्धता

 

राजविराज, १८ मङ्सिर । सप्तरीको राजविराज नगरपालिका स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा विहीबार बाल विवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बाल बिबाह न्यूनिकरण सम्बन्धी १६ दिने अभियान मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा अधिकारकर्मी, सामाजिक कार्यकर्ता, प्रहरी, शिक्षक र बिद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको हो । बालबालिका र किशोरकिशोरीको चेतना अभिबृद्धि गरी सशक्तिकरण ल्याउन र बाल बिबाहका घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

सहायक प्रधानाध्यापक मोहन मिश्रको अध्यक्षता एवम मूल समारोह समितिका संयोजक मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले बाल विवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका छन् । बाल विवाह न्यूनिकरण गर्न बिद्यार्थीहरु सशक्त बन्नु जरुरी रहेको भन्दै प्रमुख अतिथी पोखरेलले सबैभन्दा ठुलो जिम्मेबारी बालबालिका, परिवारका सदस्यहरु र समाजको हुने भएकोले बालविवाहको घटनाको निगरानी गर्न आबश्यक रहेको बताए ।

समाज र अभिभावकहरुले निगरानी नपु¥याउँदा बाल बालिकाहरु बाल प्रेम बिबाह तथा लागुपदार्थको दुव्र्यसनमा फस्ने गरेको समेत बताउँदै पोखरेलले बाल बिबाहले किशोर–किशोरीहरुको स्वास्थ्यमा समेत असर पार्ने हुँदा निगरानी बढाउनुपर्नेमा जोड दिए । प्रहरी निरीक्षक रामसागर सिंहले बाल विवाह अन्त्यका लागी प्रहरीले समेत विभिन्न कार्यक्रम गरिरहेको बताउँदै बाल विवाह गरेको पाएमा कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका उपाध्यक्ष मीना साह, सञ्चारकर्मी पिन्टुकुमार यादवले बाल विवाह न्यूनीकरणका लागि विद्यालयले समेत जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र पाठ्य सामाग्रीमा समावेश गर्नुपर्ने बताए ।

शिक्षक गिरीराज पौडेल, बिद्यार्थीहरु रबीना यादव, बिक्की मेहतर, नवलकिशोर माझीले बिद्यालय र बालक्लवले समेत यस्ता अभियानमा सहयोग गरिरहेको बताए । वक्ताहरुले उमेर नपुगी विवाह गर्नाले स्वास्थ्यमा निक्कै ठुलो समस्या आउने भएकाले बाल विवाह अन्त्यका लागि सबैले लाग्नु पर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले गरिबी, अशिक्षा, सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोग लगायतका कारणले बाल विवाह न्यूनीकरणमा समस्या आएको बताए । अहिले भागी विवाह समस्याका रुपमा अगाडि बढेको समेत सहभागीहरूको भनाइ रह्यो ।

नेपाल सरकारले सन् २०१५ मा वेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र बाल विवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० सम्ममा नेपाललाई बाल विवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । १६ दिने अभियानअन्तर्गत शुक्रबार राजविराज नगरपालिकामा जनप्रतिनिधीहरुसँग कानुनी शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780